समाज

सप्तरीमा आगलागीबाट २५ घर जलेर नष्ट हुँदा करोडौं क्षति

सप्तरी , २९ फागुन । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ मा रहेको टेङ्ग्री टोलमा गएराति भीषण आगलागी हुँदा करोडौंको क्षति भएको छ ।
स्थानीय दिनेश यादवको घरबाट सल्किएको आगोले दिनेशसहित छिमेकमा रहेका २५ वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
सो आगलागीबाट दिनेश कुमार यादव, श्याम यादव, डम्बर यादव, फुलदेव, राजेन्द्र, भोला, मनोज, महेश, वृजमान, सत्यनारायण यादव लगायतको व्यक्तिको घर पूर्ण रुपमा जलेर नष्ट भएको वडा नम्बर ४ का वडाअध्यक्ष तेज नारायण यादवले जानकारी दिनुभयो ।
प्रहरीकाअनुसार आगलागीबाट २ करोड रुपैयाँभन्दा बढीको नोक्सानी भएको छ । गएराति लागेको आगो बिहान ३ बजेतिर नियन्त्रणमा लिइएको थियो ।
आगलागी हुनुको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page