समाचार

अग्निपीडित परिवारलाई नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर १ द्वारा राहत वितरण

कञ्चनरुप, ३० फागुन । सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर ४ का अग्निपीडित परिवारलाई नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर १ र अग्निसाईर कृष्णासबरण गाउँपालिका वडा नम्बर ४ ले संयुक्त रुपमा राहत वितरण गरेको छ ।
काँग्रेस क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति ललन प्रसाद गुप्ताको नेतृत्वमा गएको टोलीले राहत वितरण गरेको हो ।
आगलागीबाट सर्वस्व गुमाएका १२ अग्निपीडित परिवारलाई प्रति परिवार भाँडा १, कन्ती १, गिलास २, पुनु १, आरी १, डाडु १, बाल्टिन १, जग १, त्रिपाल १, ब्ल्यांकेट १, झुल १, भुजा १, चामल २५ किलो, आलु २ किलो, नुन १ किलो, चाउचाउ ५ प्याकेट लगायतका खाद्यान्न सामग्री पिडितलाई वितरण गरिएको छ ।

शनिवार राती भएको आगलागीमा परी १२ परिवारको २७ घरमा आगलागी हुँदा करोडौं क्षति भएको थियो ।
गुप्ताले विपद्को घडीमा अग्निपीडीतहरुलाई सहयोग गर्न सम्पूर्ण संघ संस्थाहरुलाई आग्रह समेत गरेका छन।
पिडित परिवारलाई विभिन्न ब्यक्ति , संघसंस्था लगायतले विभिन्न निकायले समेत राहत वितरण गरेको जनाएको छ ।

   

You cannot copy content of this page