समाज

नेपाल आदिवासी जनजातीको वडा अध्यक्षमा राई

डम्बर राई /
कञ्चनरुप (सप्तरी) ।
नेपाल आदिवासी जनजाती महासंघ वडा समन्वय परिषद कञ्चनरुप १२ को अध्यक्षतामा बिन्द्र राई चयन भएको छ ।
बुधवार वडा नमबर १२ स्थित बस्तीपुर नेवा समाजको गुठीभवनमा आयोजित भेलाले राईलाई सर्वसम्मतले चयन गरेको नगर परिषद सह सचिव शंकर श्रेष्ठले जानकारी गराएका छन ।
वडा परिषद कार्यसमितिको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः कर्ण मगर, गणेश श्रेष्ठ, अम्बीका भूजेल, निशा राई, रीता श्रेष्ठ, कविता मगर, दिपक बहादुर श्रेष्ठ छन् । यस्तै धानुक मण्डलबाट सह सचिव, तामाङ, र भूजेलबाट एक एकजना मनोनित गरी ११ सदस्य कार्यसमितिलाई पूर्णता दिइने जनाइएको छ ।
स्थानिय समाजसेवी देव नारायण श्रेष्ठको अध्यक्षतामा बसेको उक्त भेलाको औचित्यता र आदिवासी जनजातीको वारेमा संचारकर्मी डम्बर राईले पाठ गराएका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page