डम्बर राई /
कञ्चनरुप, ३ गते । नेपाल कम्युनिष्ट पार्टी एमाले पोलिटव्युरो सदस्य सुमनराज प्याकुरेलले फागुपूर्णिमाको अवसरमा गृह जिल्ला सप्तरीमा शुभकामना आदान प्रदान गर्नुभएको छ ।
कञ्चनरुप नगरपालिका ९ स्थित फुलवारी पाटी प्यालेसमा विहिवार पार्टीका सम्पूर्ण जिल्लावासी तथा विभिन्न तह र तप्काका जिम्मेवारहरुलाई भेलाको आयोजना गरी अविर ग्रहण गराउँदै शुभकामना प्रदान गर्नुभएको हो ।
उहाँले सो अवसरमा भन्नुभयो, यस्ता पर्वहरु हामी समक्ष धेरै आउँछन् तर हरेक चाडपर्व तथा महोत्सवको आ आफ्नै विशेषता र महत्व रहेका छन् । फागुपूर्णिमा अविर एवं रंग लगाएर हासी खुशीका साथ अंकमाल गरी मनाइने हुँदा यो पर्वको छुट्टै महत्व छ र यसलाई दुखसुख बाँटने र रमाइलो मानेर महोत्सवको रुपमा मनाइन्छ ।
आयोजित फागुपूर्णिमा महोत्सवमा मधेशमा परापूर्वकाल देखि मनाउँदै आएका जोगी सरर र होलीको महत्व झल्किने लगायतका अनगिन्ती गीत र नृत्यहरु प्रस्तुत भएका थिए ।
सो अवसरमा नेपाली काँग्रेस पार्टी परित्याग गरेर नेकपा एमालेमा कञ्चनरुप नगरपालिका ८ कञ्चनपुर बजारका कैलास साह, अमित साह, रोशन गुप्ता, जितेन्द्र साह, मुरली साह, विमल ठाकुर, रवि सोनी, दिपेन्द्र गुप्ता र वडा २ का रंजन गुप्ता प्रवेश गरेका छन् ।
नव प्रवेशीहरुलाई नेता प्याकुरेलले अविर र माला लगाएर पार्टी प्रवेश गराउँनु भएको हो ।
जिल्लाका १८ वटै पालिकाबाट उक्त समारोहमा सहभागिहुन आइपुगेका सयौंको संख्यामा रहेका नेता तथा कार्यकर्ताहरुले एक आपसमा मैत्रीपूर्ण सदभाव, सदविवेक र आत्मियता साटासाट गरेकाथिए ।
सोही अवसरमा राजविराज नगरपालिका वडा नम्बर १६ का वडा अध्यझ बुचाइ दास पार्टी प्रवेश गरेका छन ।
Add Comment