कोशी प्रदेश समाचार

झापाको मेचिनगरबाट प्रतिवन्धित लागूऔषधसहित आमा छोरा पक्राउ

झापा, चैत्र ९ गते । झापाको मेचिनगरबाट प्रतिवन्धित लागूऔषधसहित आमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचिनगर नगरपालिका १० की ४५ वर्षीया मैनी खातुन र छोरा २५ वर्षीय मेबुव आलम रहेका छन् ।
विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका खातुनको घरमा चेकजाँच गर्दा ९ ग्राम ३२ मिलिग्राम ब्राउनसुगर, २४ ग्राम गाँजा, डिजिटल तराजु १ थान नगद ९ हजार ५ सय साठी रुपैया र बिभिन्न कम्पनीका मोवाइल ९ थान बरामद गरेको हो ।
पक्राउ परेका आमा छोराको इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page