डम्बर राई /
कञ्चनरुप (सप्तरी) ११ चैत्र । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनरुप वडा १२ को प्रगति टोलमा आयोजित भेलाले गंगा खडकाको अध्यक्षतामा २१ सदस्य टोल कमिटी गठन गरेको छ ।
कमिटीमा सबै महिलाहरु नै बसेर काम गर्ने इच्छा जनाएपछि भेलाले महिलाहरुलाई राखेर टोल कमिटी गठन गरेको पार्टी वडाध्यक्ष दिल बहादुर थापाले बताए ।
थापाको अनुसार, कमिटीको उपाध्यक्ष, सचिव, सह सचिव र सदस्यहरुमा क्रमशः सरस्वती दाहाल, रमा निरौला, यमुना खतिवडा, प्रमिला खतिवडा, रीता बञ्जरा, रीता पोखरेल, भगवती वास्तोला, इन्दिरा घिमिरे, सावित्रा अधिकारी, कल्पना पोखरेल, शुशिला दाहाल, कर्ममाया अधिकारी, टेक कुमारी रेग्मी, मरियम विवी, रिशिका विक, मञ्जु दाहाल, सावित्रा विक, गीता पोखरेल, उषा दाहाल, उर्मिला दाहाल रहेका छन् ।
पोलिटव्युरो सदस्य सुमनराज प्याकुरेलको निवासमा आयोजित भेलामा प्रदेश कमिटी सदस्य श्याम पोखरेलले पार्टीले अहिलेसम्म यस वडामा गरेको महत्वपूर्ण कार्य र स्थानिय जनतामा पार्टीप्रति बढेको विश्वासका सार संक्षेपसंगै भविष्यमा हामीले खेल्नुपर्ने भुमिका र काम कर्तव्यको वारेमा प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।
यसैगरी जिल्ला सदस्यहरु तथा शिक्षा विभाग प्रमुख पेशल जोशी, प्रचार प्रसार प्रकाशन विभाग प्रमुख डम्बर राई र सदस्य सरस्वती निरौला, जिल्ला सल्लाहकार मित्र नारायण श्रेष्ठ, वडा १२ का जनप्रतिनिधि वडाध्यक्ष देवी बहादुर खत्री, नगर सदस्यहरु, वडाका पदाधिकारी एवं सदस्यहरु लगायत पाँच दर्जनबढीको उपस्थिति रहेको जनाइएको छ ।
Add Comment