समाचार

सप्तरीमा ५ सय ३६ मतदान केन्द्र र २ सय ९७ मतदान स्थल कायम , मतदाता ४ लाख २ हजार ४४५

सप्तरी । सप्तरीमा आगामी स्थानीय चुनावको लागि मतदान स्थल २ सय ९७ र मतदान केन्द्र ५ सय ३६ रहेको छ ।
सप्तरीमा मतदाता भने ४ लाख २ हजार ४४५ रहेको छ । जसमा पुरुष २ लाख १३ हजार ८९२ र महिला १ लाख ५८ हजार ५३२ छन् । समलिङ्गी मतदाता २१ जना छन् ।
यसअघिको निर्वाचनमा सप्तरीमा ३ लाख ४६ हजार २१४ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । ९ नगरपालिका र नौ गाउँपालिका रहेको सप्तरीको राजविराज नगरपालिकामा सबैभन्दा बढी ३९ हजार ६९२ मतदाता र बलान बिहुल गाउँपालिकामा सबैभन्दा कम १४ हजार ४१८ मतदाता रहेको जनाइएको छ ।
मतदातामा ३ हजार ६ सय जना दोहोरो मतदाता रहेको पाइए पछि हटाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page