खगेन्द्र कार्की /
फत्तेपुर । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुर मा मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता यही चैत्र २५ गते देखि शुरु हुने भएको छ।
जिल्ला फुटबल संघ सप्तरी र न्यु त्रियुगा स्पोर्ट्स क्ल्ब फत्तेपुरको आयोजना र सांसद सत्यनारायण मण्डलको साम्सदिय बिकासकोषको आर्थिक सहयोगमा सहिद स्मृति रंगशाला फत्तेपुरमा संचालन हुने भएको हो ।
फुटबल प्रतियोगितामा प्रदेश नम्बर १ र मधेस प्रदेशका ८ वटा टिम ,आयोजक ११ , दमक फुटबल एकेडेमी झापा , इटहरी फुटबल क्लब सुनसरी, डागिहाट फुटबल क्लब मोरङ , गाइघाट फुटबल क्लब उदयपुर, सहलेस फुटबल क्लब सिराहा, एपीएफ फुटबल क्लब महोत्तरी, बागमती युवा क्लब सर्लाहीका राष्ट्रिय स्तरका खेलाडीहरुले सहभागिता जनाउने जिल्ला फुटबल संघ सप्तरीका महा सचिव अमर खवासले जानकारी दिनुभयो ।
प्रतियोगितामा पहिलो र दोश्रो हुने टिमलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ । प्रथम र द्वितीय हुने टिमलाई क्रमशः नगद रु दुइ लाख र एक लाख नगद सहित ट्रफि प्रमाणपत्र मेडल प्रदान गरिने खवास ले जानकारी दिनुभयो ।
साथै प्रतियोगितामा सार्वाधिक गोल कर्ता ,उत्कृष्ट खेलाडी म्यान अफ दि म्याच ,बेस्ट गोल किपरलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
फत्तेपुरमा यही चैत्र २५ गते देखि मदन भण्डारी स्मृति गोल्डकप फुटबल प्रतियोगिता हुने














Add Comment