समाचार

नेपाल पत्रकार महासंघ शाखा सप्तरीको नयाँ भवन शिलान्यास

राजविराज, २५ चैत । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको आज नयाँ भवन शिलान्यास गरिएको छ । भवनको मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले एक कार्यक्रमबीच शिलान्यास गर्नुभएको हो ।
मन्त्री साहले भवन निर्माणका लागि लाग्ने सम्पूर्ण बजेट सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
मधेश प्रदेश सरकारको तत्काल २५ लाख सहयोगमा सो भवन निर्माण गर्न लागिएको हो ।
कार्यक्रममा महासंघका अध्यक्ष श्रवण कुमार देव लगायतका जिल्ला भरिका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page