कञ्चनरुप (सप्तरी) । स्थानीय तहको निर्वाचनको समय नजिकिदै गर्दा कञ्चनरुप नगरपालिका वडा नम्बर १२ का निवर्तमान वडा अध्यक्ष देवी बहादुर खत्रीले चुनावी अभियानलाई तिव्रता दिएका छन् । १२ नम्बर वडाको विभिन्न गाउँ टोलमा घरदैलो कार्यक्रम गर्दै आएका उम्मेदवार खत्रीले आफ्ना चुनावी ऐजेण्डा र चुनावी मुद्दा मतदातालाई बुझाउन घरदैलो कार्यक्रमलाई तिव्र बनाएका हुन् ।
यस वडामा एमालेप्रति जनताको उत्साहजनक समर्थन भएकाले यसपटक पनि निर्वाचन जित्ने कुरामा वडा अध्यक्षका उम्मेदवार खत्रीको दावी रहेको छ ।
वडा अध्यक्ष हुदाँ पनि जनतासँग घुलमिल र प्रत्यक्ष सम्पर्क राख्ने खत्रीले घरदैलो कार्यक्रमको क्रममा जनताको सुझाव संकलन गर्नुको साथै विगतमा समय र वजेटको अभावमा गर्न नसकेका कामहरु पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उम्मेदवार खत्रीले विगतमा आफुले गरेको कामलाई मुल्याङकन गरि जनताले आफ्नो पक्षमा खुलेर लागेको दावि गरे । घरदैलो कार्यक्रममा पनि उनले आफुले विगतका गरेको कामलाई मुल्याङकन गरि मतदान गर्न मतदातासँग अपिल गरे ।
कृषि, शिक्षा, स्वास्थ्य तथा कोरोना कालमा वडावासिहरुमा राहत वित्तरणदेखि स्वास्थ्य उपचारको समुचित व्यस्थापन गरेको कुरा कसैसँग लुकेको छैन उनले भने ।
वडा नम्बर १२ को अध्यक्षमा खत्री, खुल्ला वडा सदस्यमा जैनुदिन मियाँ, दिपक भट्टराई, महिला वडा सदस्यमा सीता पौडेल, दलित महिला वडा सदस्यमा जलपा विश्वकर्मा उम्मेदवार रहेका छन् ।
नेकपा एमाले कञ्चनरुले वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचन प्रचार अभियानलाई नगरपालिकाका १२ वटै वडामा तीब्र बनाएको छ । ‘सुशासन, समृद्धि र समाजवादको आधार, पालिका–पालिकमा एमालेको सरकार’ भन्ने मूल नाराका साथ प्रचार अभियानमा जुटेका एमाले उम्मेदवारहरू यतिबेला मतदातामाझ पुगिरहेका छन्।
यसै सन्दर्भमा नेकपा एमाले कञ्चनरुपका मेयर र उपमेयरका उम्मेदवार मो. कलिम र कल्पना चौधरीले नगरको ६ र १२ वडामा आयोजित ‘घरदैलो’ कार्यक्रममा सहभागी भए ।
जनताले उठाएका समस्याहरूको सुनुवाई गर्दै आफूले नगरको नेतृत्व प्राप्त गरेपछि ती समस्याको उचित सम्वोधन गर्ने प्रतिवद्धता जाहेर गरे ।
वडा नं. ६ र १२ का विभिन्न ठाउँका जनताका गुनासोहरू सुन्दै मेयर तथा उपमेयरका उमेद्वाहरूले विभिन्न टोलको घरदैलोमा जनताका भावनाहरू बुझ्दै आफूहरूलाई मतदानका लागि आह्वान गरे ।
घरदैलो कार्यक्रममा जनताको उत्साहजनक सहभागिता रहेको थियो । उमेद्वारहरूले सुशासन, समृद्धि, विकास निर्माण लगायतका शिक्षा, स्वास्थ्य, खेलकूद, खानेपानी लागायत क्षेत्रमा क्षेत्रगत आवश्यकताका आधारमा सन्तुलित विकास गर्ने प्रतिवद्धता प्रकट गर्नुभयो ।
त्यसैगरी १२ वटै वडामा चुनावी प्रचार अभियान सञ्चालन भइरहेको छ ।
Add Comment