समाचार

सप्तरीमा ५ हजार ५ सय ३५ उम्मेदवार चुनावी मैदानमा

सप्तरी, २७ वैशाख । सप्तरीमा ५ हजार ५ सय ३५ उम्मेदवार चुनावी मैदानमा उत्रीएका छन् ।
सप्तरी जिल्लाका ९-९ नगरपालिका र गाउँपालिकाका मुख्य दुई पद नगर प्रमुख र नगर उपप्रमुखमा १९ दलको उम्मेदवारी परेको छ । १८ वटै स्थानीय तहका दुवै मुख्य पदमा एमाले, कांग्रेस र जनमत पार्टीको मात्र उम्मेदवारी परेको छ ।
सप्तरीमा ५ हजार ५ सय ३५ उम्मेदवार हुँदा ९३ नगर प्रमुखमा, ६९ नगर उपप्रमुखमा, १०३ गाउँपालिका अध्यक्षमा र ८० जना गाउँपालिका उपाध्यक्षमा उम्मेदवार छन् ।
यसैगरी वडाध्यक्षमा १ हजार २००, सदस्यमा दुई हजार १४, महिला सदस्यमा १ हजार ९ र दलित महिला सदस्यमा ९ सय ६७ उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page