राजनीति

रुपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोसपा विजयी

कञ्चनरुप (सप्तरी), ८ जेठ । सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का उम्मेदवार निर्वाचित हुनुभएको छ ।
अध्यक्षमा लोसपाका दिनेशकुमार यादवले ३ सय ३४ मतान्तरले पालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो।
निर्वाचित यादवले ४ हजार २ सय ६९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष हरेराम यादवले ३ हजार ९ सय ३५ मत प्राप्त गर्नुभएको छ।
त्यस्तै गाउँपालिका उपाध्यक्षमा पनि लोसपाकै पुष्पा श्रेष्ठ ५६ मतान्तरले निर्वाचित हुनुभएको छ ।
निर्वाचित श्रेष्ठले ३ हजार ७ सय १० मत प्राप्त गर्नुभएको छ भने निकट प्रतिस्पर्धी निवर्तमान उपाध्यक्ष बेचनी कुमारी सरदारले ३ हजार ६ सय ५४ मत प्राप्त गर्नुभएको छ ।
जम्मा ६ वडा रहेको गाउँपालिकामा माओवादी र जसपाले २÷२, लोसपा र काँग्रेसले ले १÷१ वडा अध्यक्षमा जित हासिल गरेको छ । जसमा वडा नम्बर १ मा लोसपाका लीला यादव, वडा २ मा माओवादीका सरोज कुमार यादव, वडा ३ मा नेपाली काँग्रेसका अमर मुखिया, वडा ४ मा माओवादीका छेदी इसर, वडा ५ मा जसपाका गंगाराम यादव र वडा ६ मा जसपाका बद्री नारायण सरदारले वडा अध्यक्षमा विजय हासिल गरेका छन् ।
सप्तरीमा सम्पन्न १८ वटै स्थानीय तहको परिणाम अनुसार कांग्रेसले ५ नगर प्रमुखमा जित हासिल गरेको छ । यसैगरी एमाले र जसपा र लोसपाले ३÷३, जनमत पार्टीले २, नेकपा (एकिकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) ले १÷१ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page