समाचार

सप्तरीको विष्णपुर गाउँपालिकामा योजना तर्जुमा सम्बन्धी तीन दिने तालिम सम्पन्न

बृजमान तामाङ /
विरेन्द्र बजार ,१ असार ।
सप्तरीको विष्णुपुर गाउँपालिकामा स्थानीय तहको योजना तर्जुमा प्रक्रिया सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ ।
नवनिर्वाचित जनप्रतिनिधि र विषयगत शाखाका कर्मचारीहरुको लागी आयोजित तालिम बुधबार एक समारोहका विच सम्पन्न भएको हो ।
युरोपियन यूनियन आर्थिक तथा वेल्टहङ्गरहिल्फेको प्राविधिक सहयोग आसमान नेपालको अगुवाई तथा दलित सरोकार मञ्च नेपाल सप्तरीको आयोजनामा विष्णुपुर गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधि तथा विषयगत शाखाका कर्मचारीहरुको लागि स्थानीय तहको योजना तर्जुमा प्रक्रियाका सात चरणहरु, वस्ती तहको योजना तर्जुमा अवधारणा र प्रक्रिया ,स्थानीय तहको आय श्रोतहरु,स्थानिय तहका पदाधिकारीहरुको काम कर्तव्यहरु,वडा समितिबाट गरिने विकास निर्माण र व्यवस्थापन सम्बन्धि कार्यहरु लगायतका विषय वृहत छलफल गरिएको जनाएको छ ।
तालिममा स्थानिय सरकारको योजना तर्जुमा प्रक्रियालाई जनमुखि बनाउने उद्देश्यले वस्ती स्तरबाट योजना संकलन गर्ने प्रकृया,योजनाहरुलाई प्राथमिकिकरण गर्ने आधारहरु तथा प्राथमिकिकरण गरिएका योजनाहरुलाई सभाबाट स्वीकृत गराउने प्रकृयाबारे बृहत विचार विमर्श गरिएको सहभागीहरुले बताएका छन् ।

सो तालिमको समापन समारोहमा विष्णुपुर गाउँपालिका वडा नं.३ का वडाअध्यक्ष राजेन्द्र प्रसाद सदा, वडा नं.६ का वडाअध्यक्ष परमान्द यादव, कार्यपालिका सदस्य अशोक कुमार राम, चन्दरदेवी साफी र विष्णुपुर गाउँपालिकाका कृषि अधिकृत सन्त कुमार मण्डलले योजना तर्जुमा सम्बन्धी तालिम उपयोगी रहेको बताए ।
उक्त तालिम समापन समारोहमा बोल्दै विष्णुपुर गाउँपालिकाकी उपाध्यक्ष रेणु कुमारी यादवले नवनिर्वाचित जनप्रतिनिधि तथा विषयगत शाखाका कर्मचारीहरुको लागि स्थानीय तहको योजना तर्जुमा प्रक्रिया तालिमबाट हामीले धेरै बिषयबस्तुको बारे जानकारी पाएको बताइन् । उनले तालिमबाट सिकेका कुराहरु व्यवाहरमा लागु गरिने प्रतिबद्धता व्यक्त गरिन ।
तालिमको सहजीकरण गोविन्द अधिकारी, देवराज पोखरेल र आसमान नेपालका कार्यक्रम अधिकृत विजय यादवले गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page