समाचार

सशस्त्र प्रहरीद्वारा सप्तरीबाट भारतीय ट्रकसहित लाखौको अबैध सामान बरामद

सप्तरी, ३ असार । सप्तरीबाट सशस्त्र प्रहरीले भन्सार छलेर नेपाल प्रवेश गरेको १ हजार ५ सय टिन तेलसहितको मालवाहक भारतीय ट्रक शुक्रबार नियन्त्रणमा लिएको छ ।
सप्तरीको हनुमाननगर–कंकालीनी नगरपालिका–१ कोशी ब्यारेजस्थित पूर्व–पश्चिम सडक खण्डबाट रिफाइन्ड पाल्मोनियम तेलसहितको यूपी ७५ एम ३६९५ नम्बरको भारतीय ट्रक सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहको टोलीले बरामद गरेको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँँदै गरेको यूपी ७५ एम ३६९५ नम्बरको ट्रकबाट अवैध तेलका साथै ट्रक चालक भारत उत्तर प्रदेशको कानपुर प्रान्त देहानका ३८ वर्षीय अवध वाबु र सहचालक २३ वर्षीय धिरजकुमार पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी उपरिक्षक प्रदिप खडकाका अनुसार बरामद तेल र ट्रकको नेपाली कागजपत्र र विजक नभएपछि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि राजविराज भन्सार कार्यालय बेल्हीमा बुझाइएको छ । तेलको मूल्य ५४ लाख ९६ हजार रुपियाँ रहेको छ ।
सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङको टोलीले सोधपुछ गर्दा शंका लागि चेकजाँच गर्दा उक्त तेल बरामद भएको हो । तामाङका अनुसार ट्रक चालकले कहिले जोगबनी नाकाबाट प्रवेश गरेको, कुनै बेला भारततर्फ हिंडेको त कुनैबेला बाटो बिर्सिएर नेपालमा अल्मलिएको बताएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page