समाचार

सप्तरीको भारदहस्थित कोसी ब्यारेज नजिक ट्रकमा आगलागी

कञ्चनरुप (सप्तरी) । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कोसी ब्यारेज नजिक आज बिहान एउटा ट्रकमा आगलागी भएको छ ।
कोसी ब्यारेजदेखि पश्चिमपट्टि पर्ने कङ्कालिनी मन्दिरको बीचमा पूर्वबाट पश्चिम आइरहेको ना ६ ख ५२६३ नं. को खाली ट्रकमा अचानक आगलागी भएको हो ।
उक्त ट्रकमा ब्याट्री सर्ट भई आगलागी हुँदा ट्रकको अगाडिको भाग पूर्णरुपमा जलेर क्षति भएको छ भने अन्य भागमा समेत क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ट्रकमा आगलागी भएपछि तत्काल हनुमाननगर कंकालिनी नगरपालिकाबाट आएको बारुणयन्त्रको सहयोगमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page