समाचार

आजदेखि मतदाता नामावली संकलन स्थगित

काठमाडौं, २० साउन । सरकारले मंसिर ४ का लागि निर्वाचनको मिति घोषणा गरे सँगै निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन स्थगित गरेको छ ।
मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन आजैदेखि स्थगित हुने छ ।
अनलाइन प्रविधिमार्फत मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा मिति २०७९ साउन २१ गतेसम्म औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page