समाचार

धिमारमा जनप्रतिनिधि र प्राविधिकको मिलोमतोमा योजना स्तान्तरण गरेको आरोप

राजविराज, २६ साउन । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर -५ स्थित धिमारमा जनप्रतिनिधि र प्राबिधिकको मिलोमतोमा योजना स्तान्तरण गरि बजेट दुरुपयोग गरेको आरोप स्थानीयबासीले लगाएका छ्न ।
वडा अध्यक्ष सवदुल मियाँ र सव-इन्जिनियर राजेश साहको मिलोमतोमा योजना स्तान्तरण गरि वजेट दुरुपयोग गरेको स्थानीयले आरोप लगाएका हुन ।
धिमार स्थित डिहिवार बाबा जानेबाटोमा पुल कल्भर्ट लचका कार्यका लागि गाउँपालिकाले विनियोजन गरिएको १५ लाख रुपैया योजना स्तानतरण गरि बाटोमा माटो भर्ने कार्य गरि बजेट दुरुपयोग गरेको स्थानीयको आरोप छ ।
गाउँपालिकाको आर्थिक बर्ष २०७८/०७९ को नीति योजना तथा कार्यक्रममा तोकिएको स्थानमा केही कार्य गरेन, एक स्थानीयले भने, धेरै कमाउने मनसायले जनप्रतिनिधि र प्राविधिकको मिलोमतोमा योजना स्तान्तरण गरि माटो भर्ने काम गरि वजेट झ्वाम पारे । वडा अध्यक्ष मियाँ, सव इन्जिनियर साह र उपभोक्ता समितीको मिलोमतोमा ५० प्रतिशत समेत काम नगरी पुरै वजेट निकासा गरि चरम दुरुपयोग गरेको स्थानीयहरुले बताए ।

योजना स्तानतरण गरि वजेट दुरुपयोग गरेकोले छानबिन र संलग्न व्यक्तिहरुलाई कारबाहीको माग गरि अख्तियर दुरुपयोग अनुसान्धान आयोगमा समेत उजुरी दर्ता गराएको स्थानीयले जानकारी दिए । हाल स्तान्तरण गरिएको योजना साविक बक्धुवा गाविसको ४ र ५ वडा जाने बाटोमा माटो तथा कलभर्ट निर्माणको कार्य गरेको उनिहरुले बताए । स्तान्तरण गरिएको बाटो निर्माणको कार्य डिहिवार बाबाको मन्दिर जाने नभएको स्थानीयको भनाई छ ।
अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सबदुल मियाँले योजना स्तान्तरण गरेको स्वीकार गरे । तोकिएको स्थानमा विवाद उत्पन गरि काम अवरुद्ध भएपछि प्राविधिकसंग सल्लाह गरेरै काम गरिएको उनले बताए ।
हाल निर्माण गरिएको बाटो पनि डिहिबार वावा सम्म पुग्ने दावी गर्दै उनले नीति योजना तथा कार्यक्रम अनुसार नै काम भएपनि विपक्षीहरुले बदनाम गराउन निरधार आरोप लगएको बताए ।
डिहिवार बाबा जाने बाटो पुल कलर्भट लचका कार्य उपभोक्ता समितीका अध्यक्ष तारानन्द यादवले स्टिमेट अनुसारको काम सम्पन्न गरि बजेट निकासा गरेको बताए । योजनाको कार्यमा कुनै किसिमको बजेट दुरुपयोग नभएको उनले दावी गरे ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page