समाचार

११ सय जेष्ट नागरिक सामाजिक सुरक्षाभत्ता पाउनबाट बञ्चित,पक्षपात गरीएको भन्दै कार्यालय तोडफोड

कञ्चनरुप, ६ भदौ । सामाजिक सुरक्षाभत्ता नदिइएको भन्दै पिडितहरुले नगरपालिकामा तोडफोड गर्नुको साथै दुईघण्टा कार्यालय घेराउ गरेका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिकाले आ.व २०७८—०७९ को अन्तिम सामाजिक सुरक्षाभत्ता वितरण गर्ने क्रममा वडा नम्बर ११ लाई अझैसम्म वितरण नगरेपछि सेवाग्राही पिडितहरुले सोमवार मध्यान्हको समयमा आक्रोसमा आएर प्रमुख प्रशासकीय अधिकृत रेणुका साहको कोठाको टेबल शिसा तोडफोड गर्नुको साथै कार्यालयमा हाँङ्गामा मच्चाएका थिए ।
नगरपालिकाले एक महिना अगाडी नै त्यस वडा बाहेक सबै वडाका भत्ता बैंक खातामा जम्मा गरी सेवाग्राहीहरुले प्राप्त गरीसकेको वडाध्यक्ष ललित गोजेवारले बताए ।

अरु वडाका सेवाग्राहीले भत्ता खाइसकेको तर आफ्नो वडामा मात्र भत्ता रकम नपाइएपछि वडा कार्यालय घेरा गर्न आएका पिडितहरुलाई सम्झाई बुझाई गरेपनि नमानेपछि पिडितहरु नगरपालिका पुगेको अध्यक्ष गोजेवारले थपे । उनको अनुसार, आफुले पटक पटक नगरपालिका धाएर रकम जम्मा गरीदिनुहुन भन्दै आग्रह गर्दै आएको थिए ।
गत विहिवार कार्यालय प्रमुख साहसंग रकम जम्माको कुराकानी गर्दा आइतवार खातामा जम्मा हुने र सोमवार बैंकबाट सेवाग्राहीले कारोवार गर्न सक्ने बताएका थिए तर सोमवार पनि भत्तारकम जम्मा भएन अध्यक्ष गोजेवारले भने, १५ दिन देखि यो ढाँट्ने, छल्नेक्रम चलिरहेको छ । यस वडामा अपाङ्ग, एकल महिला, बृद्घ, बृद्घा, महिला तथा वालवालिका गरी एक हजार एकसय जनाले सामाजिक सुरक्षा भत्ता खादै आएका छन् ।

९० बर्षे बृद्घ दशन राम भन्छन् आफ्नो गुजारा चलाउने यहि भत्ता हो तेहिपनि समयमा उपलब्ध नगराउँदा मरेतुल्ये भएर जिउनुपर्छ । घरको स्थिति अति दयनिय भएकाले अन्यश्रोतबाट चाहेको र भनेको जस्तो खान पाइदैन यो भन्दापनि दुख विरामी परेको बेला यहि भत्ता एकमात्र सहरा हो उनले गुनासो पोखे । कसैसंग ऋण पैचा पनि यहि भत्ता देखेर पत्याउने हो तर भनेको भाषामा नदिन सक्दा फेरी नपत्याउने हुनसक्छ ।
अरु वडामा भत्ता दिइसक्यो तर हामीलाई रोकेर किन राख््यो नगरपालिकाले ? यस्तो प्रश्न उठाउदै अपाङ्गद्वय कुलानन्द चौधरी र वासो सरदारले आपत्ती जनाए । बसन्त कुमार मिश्रको पालामा जनतालाई यसरी दुख दिने काम कहिले भएन तर ललन प्रसाद गुप्ताले यति छोटै समयमा यस्तो हर्कत देखायो भने पूरा कार्यकालमा के नगर्ला र ? पिडितहरुले आपत्ती जनाउदै भने, दिनहुँ जसो आफ्नो खाता भएको एभरेष्ट बैक कंचनपुरमा दिनको एकपल्ट बुझ्ने गरेका छौ ।
यता नगरपालिकामा आर्थिक रकम नभएकाले रकम पठाउन नसकेको तर संचित कोषबाट खुवाउने भन्ने आश्वासन आएको एक जनप्रतिनिधिले जानकारी गराए । उनको अनुसार नगर प्रमुख ललन प्रसाद गुप्ताले बुधवार बसीने बैठकको निर्णयबाट यसको टुङ्गो लगाउँने बताएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page