समाचार

राजविराजमा बृहत पुस्तक प्रर्दशनी, प्रदर्शनी भदौ ३१ गते सम्म १३ दिन चल्ने

राजविराज, १९ भदौ । सप्तरीको राजविराजमा १५ औं पुस्तकालय दिवस एवं वडा दशैंको अवसर पारेर साहित्यिक संस्था साझा प्रकाशन शाखाले बृहत पुस्तक प्रर्दशनीको आयोजना गरेको छ ।
प्रर्दशनीको आइतबार राजविराज नगरपालिकाकी कार्यबाहक नगर प्रमुख इसरत प्रविणले उद्घाटन गर्दै यस्ता प्रदर्शनीले सम्पूर्ण भाषा, साहित्य, कला र संस्कृतिको बृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रत्येक जातजातिका कला र संस्कृतिका विशिष्ट सम्पदाको खोजी गरी त्यस्ता बौद्धिक सम्पती प्रकाशनमा जोड दिँदै शैक्षिक स्तर सुधार र प्रत्येक भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण र विकासका लागि राजविराज नगरपालिकाबाट हर सम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पठन संस्कृतिको विकास तथा समवद्र्धन र उपयोगी पुस्तकको बिक्री वितरण बृहत गर्ने उद्देश्यले पुस्तक प्रदर्शनीको आयोजना गरिएको शाखा प्रबन्धक मनोज कुमार माझीले बताउनु भयो ।
प्रदर्शनीमा साहित्य, संस्कृति कला, इतिहास, धार्मिक, गथ्य, शब्दकोष संग समबन्धित २ हजार ५ सय भन्दा बढी शिर्षकका पुस्तक र १ हजार ६ सय भन्दा बढी लेखकको कृति राखिएको छ ।
प्रदर्शनी ३१ भदौ सम्म १३ दिन चल्ने र उक्त अवधीमा विभिन्न विद्याका पुस्तकमा २५ देखि ८० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्ले, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page