समाचार

अब काठमाडौंमा कपाल काटेको २०० रुपैयाँ, दाह्री काटेको १२०

काठमाडौं । अब काठमाडौं उपत्यकामा कपाल काटेको दुई सय रुपैयाँ तिर्नुपर्ने भएको छ। नेपाल नाई संघले असोज १ गतेबाट लागू हुने गरी काठमाडौं उपत्यकामा सैलुनको शुल्कमा वृद्धि गरेको हो।
जसअनुसार अब कपाल काटेको २ सय रुपैयाँ तिर्नुपर्ने छ। यसअघि कपाल काटेको १ सय ५० रुपैयाँ शुल्क तोकिएको थियो। यस्तै, दाह्री काटेको १२० देखि २०० रुपैयाँ निर्धारण गरिएको छ।
कपाल डिजाइन ३५० देखि ५०० रुपैयाँ, दाह्री डिजाइन १५० देखि २५०, टाउको मसाज गरेको २००, स्याम्पु गरेको १२० देखि १५०, कपाल कलर गरेको ५०० देखि ६५० रुपैयाँ, फेसियल गरेको एक हजारदेखि १२ सय रुपैयाँ तिर्नुपर्ने संघको सूचनामा उल्लेख छ।

   

You cannot copy content of this page