सप्तरी, २३, कात्तिक । सप्तरीको राजविराज बजार क्षेत्रमा आचारसंहिता विपरीत राखिएका निर्वाचन प्रचार सामग्री हटाएको छ ।
बुधबार निर्वाचन कार्यालयबाट खटिएको जिल्ला अनुगमन टोलीले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक स्थानमा राखिएका झण्डा, टुल, व्यानर, झण्डाका तोरण, पोष्टर हटाएको हो ।
सर्वदलीय बैठकमा राजनीतिक दलहरुले लिखित प्रतिबद्धता गरेपनि आचार संहिताविपरितका प्रचार सामग्री नहटाएपछि अनुगमन टोलीले नै झण्डा, टुल, व्यानर हटाउन सुरु गरेको जनाइएको छ ।
सहरको स्वरुप नै बिग्रनेगरी आचारसंहिताविपरीत प्रचार सामग्री राखिएको उजुरी बढेपछि सार्वजनिक स्थान, चोक, बिजुलीको खम्बामा झुण्डाइएका झण्डा, टुल, व्यानर, तोरण र पोष्टर निर्वाचनअनुगमन टोलीले हटाउन सुरु गरेको जिल्ला अनुगमन अधिकृत शरणहरी लुइँटेलले बताउनुभयो ।
अनुगमन टोलीमा सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी उपरीक्षक अविनारायण काफ्ले, अनुगमन अधिकृत लुइँटेल, जिल्ला निर्वाचन अधिकारी रमेश जोशीलगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरीको टोलीले रहेको थियो ।
Add Comment