राजनीति

सुनसरी ३ मा गच्छदारलाई हराउँदै एमालेकी भगवती चौधरी निर्वाचित

सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरी विजयी हुनुभएको छ ।
उहाँले निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन एवं नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारलाई ५ हजार १८८ मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको हो ।
चौधरीले ४० हजार ७ सय ८८ मत पाएर विजयी हुँदा गच्छदारले ३५ हजार ६ सय मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले ६ हजार ४ सय ५३ मत पाउनुभएको छ ।

प्रदेशसभा क र ख मा एमालेकै राेहित कार्की र रामदेव यादव निर्वाचित भएका छन ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page