आइतबार, २३ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, २३ कात्तिक २०८३
समाचार

सप्तरीमा समाजवादी दलित मुक्ति संगठन गठन, संयोजकमा अशोक राम

राजविराज, ७ पुस । जसपा निकट समाजवादी दलित मुक्ति संगठनको जिल्ला समवन्य समिति सप्तरीको तदर्थ समिति गठन गरिएको छ । समाजवादी दलित मुक्ति संगठन मधेश प्रदेशद्वारा राजविराजमा शनिबार आयोजित एक जिल्ला स्तरीय भेलाले तदर्थ समिति गठन गरेको हो ।
संगठनका मधेश प्रदेश अध्यक्ष रामो मोहराको अध्यक्षता तथा जासपा राजनीति समिति सदस्य एवम संगठनका केन्द्रिय ईन्चार्ज चन्देश्वर पासवानको प्रमुख आतिथ्यमा आयोजित भेलाले अशोक कुमार रामको संयोजकत्वमा १६ सदस्यीय जिल्ला तदर्थ समिती गठन गरेका छ्न ।
गठित समितीको सदस्यहरुमा राम नारायण सदा, कामेश्वर राम,सोनि देवि मण्डल, हिरिराम राम, गंगाराम राम, खगेन्द्र राउत, काजल कुमारी खंग, सुरेश राम, धनराज मण्डल, दिनेश कुमार खंग, कमानन्द राम, मौतनी देवि राम, चिम्टी सदा, कविता सरदार, अनिता सदा रहेका छन् ।

जिल्ला भेलालाई प्रमुख अतिथी पासवान, पार्टीका केन्द्रिय सदस्य चन्देश्वर सदा, रामेश्वर मण्डल , जसपा प्रदेश सदस्य एवम संगठनका मधेश प्रदेश इन्चार्ज सुनिता देवि राम, जसपा जिल्ला अध्यक्ष केदार प्रसाद यादव ,उपसचिव एवम दलित बिभाग प्रमुख शम्भु कुमार यादव, कोषाध्यक्ष एवम प्रचार बिभाग प्रमुख बृजमान तामाङ, संगठनका मधेश प्रदेश उपाध्यक्ष शिवदर्शन राम लगायतका संगठन आबद्ध दलित नेताहरुले सम्बोधन गरे ।
संगठनका प्रदेश महासचिव सोभित पासवानद्वारा संचालित कार्यक्रममा स्वागत अशोक कुमार रामले गरे ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page