आइतबार, २३ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, २३ कात्तिक २०८३
समाचार

संस्कृति जगेर्ना र आर्थिक समृद्धमा तामाङ समुदायको अहम भुमिका छ : प्रदेश सभा सदस्य न्यौपाने

बिरेन्द्र बजार, ८ माघ ।
मधेश प्रदेश सभा सदस्य गोविन्द बहादुर न्यौपानेले तामाङ समुदायले आफ्नो पहिचान भेषभूषा र संस्कृतिलाई जर्गेना र संरक्षण गर्दै आर्थिक समृद्धि कायम गर्न अग्रणी भुमिका खेलेको बताउनु भएको छ ।
सप्तरीको खडक नगरपालिका ७ स्थित मझौमा २८५९ औं सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ्ग घेदुङ सप्तरीले आइतबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
कार्यक्रममा शुभकामना मनतव्य व्यक्त गर्नुहुँदै प्रदेश सांसद न्यौपानेले हरेक समुदायको सांस्कृतिक पहिचानलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । राज्यमा मानिने सबै जातजातीको संस्कृति राज्यको गौरव हो, साँसद न्यौपानेले भन्नु भयो, त्यसको संरक्षण र सम्बद्र्धन गर्ने राज्यको दाईत्व भित्र पर्छ, साँस्कृतिक जगेर्ना र आर्थिक समृद्धिको अभियानमा तामाङ समुदायको अहम भुमिका रहेको बताउँदै कार्यक्रमका प्रमुख अतिथि साँसद न्यौपानेले साँस्कृतिक जगेर्नाको साथै आर्थिक रुपान्तरणको कार्यमा निरन्तर लाग्न तामाङ समुदायलाई आग्रह गर्नुभयो ।

गरिबी निदान गर्न सके समृद्धि आफै आउने जिकिर गर्दै उहाँले तामाङ समुदायसहितको सम्पुर्ण जाती समुदायको संस्कृति र अधिकार रक्षाका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साँसद न्यौपानेले संस्थागत विधालयहरुले नेपाल सरकारले आव्हान गरेको सार्वजनिक विदाको अबज्ञा गरेको भन्दै असन्तुष्टि व्यक्त समेत गर्नुभयो । स्थानीय सरकारले विधालयलाई नियमन गर्ने भएकोले सरकारले गरेको आव्हान विपरीत विधालय संचालन गर्ने संस्थागत विधालयरुलाई कारबाही गर्न पहल गर्ने बताउनुभयो ।
खडक नगरपालिकाका नगरप्रमुख जयप्रकाश चौधरीले तामाङ समुदायले संस्कृति संरक्षणमा अग्रणी भुमिका निर्वाहा गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । आफ्नो नगरपालिकामा जिल्ला स्तरीय ल्होछार महोत्सव आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिँदै आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु पालिकामा गर्न आग्रह गर्दै नगरपालिका सहयोग गर्न तत्पर रहेको बताउनु भयो ।
सप्तरीमा निरन्तर तामाङ्ग समुदायले सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान लगायत विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएको आदिवासी जनजाति महासंघ सप्तरीका पूर्व अध्यक्ष वृजमान तामाङले जानकारी दिनुभयो ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सप्तरीका अध्यक्ष सन्तमान गोलेको अध्यक्षता आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय सदस्य भिम बहादुर घिसिङ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह, आदिवासी जनजाती महासंघ सप्तरीका अध्यक्ष अरुण कुमार प्रधान, आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष प्रिया सिंह थारु, धर्मिहल्फा महिला विकास क्लब सप्तरीका अध्यक्ष समाजसेवी ईन्जिनियर सुर्य नारायण यादव, खडक नगरपालिकाका वडा नम्बर ७ का वडा अध्यक्ष राकेश कुमार साह, दनुवार जागरण समिति सप्तरीका अध्यक्ष खेमराज सिंह दनुवार, भुजेल सेवा समाज सप्तरीका अध्यक्ष दिनेश भुजेल, नेपाल आदिवासी जनजाति महासंघ खडक नगरपालिकाका अध्यक्ष राजेन्द्रप्रसाद चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

नेपाल तामाङ घेदुङ सप्तरीका सचिब सुर्यमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत नेपाल तामाङ घेदुङ खडक नगरपालिकाका अध्यक्ष सुर्यमान गोलेले गर्नुभयो । कार्यक्रममा वरिष्ठ कलाकार अन्जनी सिंह थारु, टिक बहादुर तामाङ, राजेश घिसिङ लगायतका चर्चित तामाङ कलाकारहरुद्वारा गित तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page