राजनीति

जरिवाना रकम मिन्हा गर्न माँग गर्दै आयोगलाई ज्ञापनपत्र, माँग सम्बोधन नभए चरणबद्व आन्दोलन गर्ने चेतावनी

बृजमान तामाङ /
राजविराज, १२ माघ । सप्तरीका जनप्रतिनिधिहरुले निर्वाचन खर्च समयमा नबुझाएको भनी आयोगले तोकेको जरिवाना रकम मिन्हा गर्नुपर्ने माँग गर्दै ज्ञापन पत्र बुझाएका छ्न ।
जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत सप्तरीका जनप्रतिनिधिहरुले बुधबार निर्वाचन आयोग कान्तिपथ काठमाडौलाई ज्ञापनपत्र पठाएको हो । प्रमुख निर्वाचन आयुक्तलाई सम्बोधन गरिएको ज्ञापन-पत्र सप्तरीका प्रजिअ भुपेन्द्र थापालाई बुझाएको छ ।
जिल्ला समवन्य समिती सप्तरीका प्रमुख शिव नारायण साहको नेतृत्वमा गएको जनप्रतिनिधिहरुको टोलिले जरिवाना रकम मिन्हा गर्नुपर्ने एक सुत्रीय माग राखी ज्ञापनपत्र प्रजिअ थापालाई बुझाएका छ्न ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ गौतमले तुरुन्तै सम्बन्धित कार्यालयमा पठाउने प्रतिबद्धता व्यक्त गरे ।
निर्वाचन खर्च रकमको जरिवाना तोकेर निर्वाचन आयोगले राजनीतिक चरीत्र हत्या गरि राजनीतिबाट बन्चित गराउने षड्यन्त्र गरेको ज्ञापनपत्रमा जनाएको छ। जरिमाना गरिएको रकम तत्काल मिन्हा नगरिए चरणबद्व रुपमा आन्दोलन गर्ने चेतावनी ज्ञापनपत्रमा उल्लेख छ ।

निर्वाचन आयोगले जरिवाना रकम बुझाउने सम्बन्धमा गरेको निर्णय विरुद्धमा हाम्रो सामुहिक रुपमा ध्यानाकर्षण भएको छ, ज्ञापनपत्रमा भनिएको छ, निर्वाचन खर्च रकमबापतको तोकिएकोले उक्त जरिवाना राजनीतिक दलहरुको राजनीतिक चरीत्र माथी पार्ने धोखा र राजनीतिक गर्नुबाट बन्चित गराउने निर्णय भएकोले जरिवाना रकम मिन्हा गर्न हामी सामुहिक रुपमा अपिल गर्दछौं ।
हाम्रा मागहरू पूरा भएन भने हामी सो को विरुद्धमा चरणबद्ध रुपमा आन्दोलन गर्ने यसै ज्ञापन पत्र मार्फत जानकारी गराउछौ जनप्रतिनिधिहरुद्वारा निर्वाचन आयोगलाई पठाएको ज्ञापनपत्रमा जनाएको छ ।
ज्ञापन पत्रमा जिल्ला समवन्य समिति सप्तरीका प्रमुख शिव नारायण साह, उपप्रमुख शम्भु कुमार यादव, हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख बिरेन्द्र माझी, बोदेबर्साईन नगरपालिकाक नगरप्रमुख आतेश कुमार सिंह, सुरुङ्गा नगरपालिका प्रमुख गिता चौधरी, राजविराज नगरपालिकाका कार्यबाहक नगरप्रमुख इसरत परविन, विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, तिरुहुत गाउँपालिकाका अध्यक्ष विजय कुमार यादव, बलानविहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव लगायतका राजनीतिदलहरुले हस्ताक्षर गरेका छ्न ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page