समाचार

प्रेस सेन्टरको १९ औं स्थापना दिवसको अबसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण

राजविराज, १५ माघ । प्रदेश सांसद माला कर्णले स्कूलमा अध्ययनरत वालवालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेकी छन् । प्रेस सेन्टर नेपालको १९ औं स्थापना दिवसको अवसरमा आइतबार राष्ट्रिय प्राथमिक अधारभूत विधालय राजविराज–८ का वालवालिकाहरूलाई उनले उक्त शैक्षिक सामग्री वितरण गरेकी हुने ।
शैक्षिक सामग्री वितरण गर्दै सांसद कर्णले आगामी दिनमा प्रदेशका सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधारको निम्ति पहल गर्ने बताईन। उनले राजविराज वडा नम्बर ८ मा एउटा मात्र सामूदायिक विधालय रहेकोले यसलाई नमुना विधालयको रूपमा परिणत गर्नुपर्नेमा जोड दिईन।
राजविराज –८ का उक्त विद्यालय महिलाहरूले मात्रै संचालन गर्दै आएको र विद्यालय व्यवस्थापन समितिमा समेत महिलाहरूकै टिम रहेकोले यो विधालय आफैमा नमुना विद्यालय रहेको उनले बताईन। विधालयमा सबै थोक हुँदाहुँदै पनि वालवालिका हरूलाई निरन्तर पढाइको लागि प्रोत्साहन गर्नुपर्ने सांसद कर्णले जोड दिईन ।

पछिल्लो समय यस विधालयमा दलित बस्तीका डेढ सय विद्यार्थी छन पढिरहेको तर तिनीहरु सबै विद्यालय नआइदिएर पठनपाठनमा समस्या हुँदै आएको शिक्षिका रेणु गुप्ताले बताइन्। शिक्षिका गुप्ताले वालवालिका हरूलाई निरन्तर समयमा विधालय ल्याउन विभिन्न पहल गरिरहेको जानकारी गरिन ।
प्रेस सेन्टर नेपालको जिल्ला समन्वय समिति सप्तरीका अध्यक्ष दिनानाथ यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता साह, प्रेस सेन्टर नेपालको प्रदेश महासचिव गोपाल प्रसाद गुप्ता, सचिव ध्रुव कुमार मंडल, जिल्ला उपाध्यक्ष कमान्नद माझी, कोषाध्यक्ष जितेन्द्र गुप्ता लगायत विधालयका महिला शिक्षकहरुको समेत उपस्थिति रहेको थियो।
उक्त अबसरमा विधालयका ३५ जना वालवालिका हरूलाई ५/५ वटा कापी र २/२ वटा डटपेन समेत वितरण गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page