सोमबार, २४ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर सोमबार, २४ कात्तिक २०८३
समाचार

राजविराज जेसीजद्वारा सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिन एडभान्स योग ट्रेनिङको आयोजना

कञ्चनरुप, २७ माघ । राजविराज जेसीजले सप्ताहव्यापी कार्यक्रमको रूपमा आयोजना गरिरहेको जेसीज सप्ताह २०२३ को दोस्रो दिन एडभान्स योग ट्रेनिङको आयोजना गरेको छ । राजविराज जेसीजको तालिम भवनमा शुक्रबार एडभान्स योग ट्रेनिङको आयोजना गरेको हो ।
नेपालका वरिष्ठ योग प्रशिक्षक तथा योग गुरु बद्रीराज भण्डारी र पतंजली नगर योग समितिका अध्यक्ष पंकज देवले कार्यक्रममा सहभागी भएका सदस्यहरूलाई योगका विभिन्न आसन र ध्यान गराउनु भएको थियो ।
राजविराज जेसीजका अध्यक्ष उज्ज्वल काबराले योग गरौँ निरोग रहौँ भन्ने नारालाई सार्थकता प्रदान गर्न योग सम्बन्धित कार्यक्रमहरू नियमित रूपले गर्नुपर्ने बताउनु भएको थियो ।
एडभान्स योग ट्रेनिङ कार्यक्रममा राजविराज नगर क्षेत्रका योग अभियानीहरू, महेन्द्र विन्देश्वरी कलेजका विद्यार्थीहरू तथा राजविराज जेसीज वर्ष २०२३ का कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो।
जेसीज सप्ताहको पहिलो दिन बिहीबार राजविराजको गजेन्द्र चौकमा महिला तथा दिदी बहिनीहरूलाई सेनिटरी प्याड वितरण गरेर मनाइएको छ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page