समाचार

राजविराजसहित सप्तरीको विभिन्न स्थानमा माओवादी केन्द्रले मनायो २८ औं जनयुद्ध दिवस

बृजमान तामाङ /
चाँदनी बजार, १ फागुन । नेकपा माओवादी केन्द्र सप्तरीद्वारा राजविराजमा सोमबार २८ औं जनयुद्ध दिवस मनाएको छ । स्थानीय गजेन्द्र चौकमा मैनबत्ती बालेर सहिदहरुप्रती श्रद्धाञ्जली व्यक्त गर्दै जनयुद्ध दिवस मनाएको हो ।
राजविराज नगरपालिका वडा नम्बर ८ का अध्यक्ष एवम् माओवादी नेता जयनारायण मण्डलको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं पुर्व सिंचाइ मन्त्री उमेश कुमार यादवको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना भएको थियोे ।
कार्यक्रममा राजविराज ७ का अध्यक्ष सुवास यादव, विष्णुपुर गाउँपालिका १ का अध्यक्ष बलराम यादव, माओवादी नेता मो. डोमन, केदार देव, भन्नालाल यादव, संजय कुमार यादव, संगिता परियार, प्रेस सेन्टरका बिन्दु यादव लगायतका माओवादी केन्द्रका स्थानीय नेताकार्यकर्ता उपस्थिति रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page