शिव आचार्य /
फत्तेपुर, ७ फागुन । सप्तरीको सप्तकोसी नगरपालिकाले ७३ औं प्रजातन्त्र दिवस भब्याताका साथ सम्पन गरेको छ । आइतबार दिवसको अबसरमा नगरपालिकाको प्राङ्गण देखि प्रभातफेरीको आयोजना गरि स्थानिय रंगशालामा गइ कोण सभामा परिणत भएको थियो।
सो कोण सभालाई सम्बोधन गर्दै मधेस प्रदेशका न्याय,कानुन तथा प्रदेश मामिला मन्त्री राजकुमार लेखीले वर्तमान सम्बैधानिक उपलब्धिलाई जोगाउन अपरिहार्य रहेको बताउनु भयो । संघीय लोकतान्त्रिक गणतन्त्रका बिरुद्व कतै कतै बाट छिटफुट रुपमा संविधान बिरुद्व दिएको अभिब्यक्ती भनेको संविधान नमान्नु , संविधान च्यात्नु सरह रहेको बताउँदै देशका प्रमुख दलहरुले संविधानको रक्षा गर्नु पर्नेमा जोड दिनु भयो।
मन्त्री लेखीले आन्दोलनका बलमा प्राप्त उपलब्धि रक्षाका लागि परिवर्तनकारी शक्तिहरु एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याउनु भयो ।
कार्यक्रममा सभापतित्वको आशनबाट बोल्दै सप्तकोसी नगर प्रमुख कृष्ण प्रसाद ढकालले प्रजातन्त्र स्थापना पश्चात् जनताका अधिकार सुनिश्चित भएको बताए । कार्यक्रममा बोल्दै नगर प्रमुख ढकालले नगरको विकासमा वन,आरक्ष र चन्द्रनहर बाधक बन्दै आएकाले प्रदेश वा केन्द्रिय सरकारले यसको गाठो फुकाइ दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नगरपालिका भरिका विद्यालय ,सहकारी संस्था, मगर, तामाङ, थारु, मुस्लिम आदि जातजातिले आआफ्नो झाकी प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा महिला जनप्रतिनिधि र कर्मचारी बिच डोरि तान्ने खेल प्रतियोगिता पनि सम्पन्न गरिएको थियो । खेल प्रतियोगितामा कर्मचारी टिम बिजयी भएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, राजनीतिक दलका नेताहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, नगरपालिकाका कर्मचारीहरु लगायत स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
Add Comment