समाचार

सभ्य र शान्तिपूर्ण ढंगले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई होली मनाउन सप्तरी प्रशासनको आग्रह

राजविराज, २२ फागुन ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले सभ्य र शान्तिपूर्ण ढंगले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई होली मनाउन जिल्लाबासीलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले एक सूचना जारी गर्दै सो आग्रह गरेको हो ।
रंगको माध्यबाट एक आपसमा खुसी साटा साट गरी होली पर्व मनाउने सिलसिलामा कुनै पनि व्यक्तिलाई इच्छा विपरीत जथाभावी रंग दल्ने, लोला हान्ने, बाटो डुलिरहेको बटुवालाई रंग लगाउने, सार्वजनिक स्थानमा होहल्ला गरी सार्वजनिक शान्ति सुरक्षामा खलल् पु¥याउने जस्ता अराजक गतिविधि नर्गन आग्रह गरेको छ ।
चाडपर्वको नाममा उच्छृङखल एवं अवाञ्छित कार्यहरु गरे भएको पाईएमा जो सुकैलाई प्रचलित कानून बमोजिम कडा कारवाही गरिने प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाद्वारा जारी सुचनामा उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा जारी सुचनामा होली पर्वको उपलक्ष्यमा शुभकामना समेत व्यक्त गरिएको छ ।
फागु पूर्णिमा (होली पर्व), २०७९ को अवसरमा सम्पूर्ण जिल्ला बासी आमा, बुवा दाजुभाइ दिदी बहिनीहरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ जारी सूचना भनिएको छ ।

   

You cannot copy content of this page