फत्तेपुर । रक्तमाला नमुना सामुदायिक वन उपभोक्ता समिति फत्तेपुरले बुधबार सामुदायिक वन क्षेत्र भित्र रहेको खालि जग्गामा तरकारी खेति शुरु गरेको छ।
सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १ मा रहेको रेन्जर अफिस संगै रहेको खालि जग्गा सामुदायिक वनले तरकारी खेति लगाउने कार्य शुरु गरेको हो ।
रेन्जर अफिस नजिककैको खालि रहेको करिब एक बिगाहा जग्गामा व्यवसायीक रुपमा सामुदायिक वनले तरकारीको रुपमा प्रयोग हुने ओल, कुरिलो, सिस्नो र जडिबुटी अमला लगायतका बोटबिरुवा रोप्ने कार्य शुरु गरिएको रक्तमाला नमूना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष इन्द्र प्रसाद लुइँटेलले जानकारी दिनुभयो ।
वन क्षेत्रमा पर्ने खाली रहेको जमिनमा नगदेबालि सहित विभिन्न प्रजातिका बोटबिरुवा वृक्षारोपण गरि सामुदायिक वन हराभरा बनाउनुका साथै आय आर्जनमा जोड दिने उदेश्यले तरकारी खेति तथा वृक्षारोपण कार्य शुरु गरिएको सामुदायिक बनका कार्यलय सचिब नारद भट्टराईले बताउनु भयो ।
हरियो वन नेपाल को धन भन्ने नारालाई सार्थक बनाउन सामुदायिक वन तथा चुरेसंरक्षण गरि बाढी पहिरो बाट जोगाउने उद्देश्यले खालि रहेको जमिनमा छिटो बढ्ने मलेसियन सखुवा लगायत विभिन्न प्रजातिका बोटबिरुवाको वृक्षारोपण गरिएको सामुदायिक वनका सदस्य गणेश दहालले बताउनु भयो ।
सामुदायिक वन क्षेत्र संरक्षणगरि सामुदायिक वन परिसरलाई हराभरा बनाउनु हामि सबैको दायित्व रहेको सामुदायिक बन उपभोक्ता समितिका सदस्य हितानन्द पौडेलले बताउनु भयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/03/inbound4278801737314451556-768x346-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/03/inbound4278801737314451556-768x346-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment