राजनीति समाचार

स्ववियु निर्वाचन : मविब क्याम्पस राजविराजमा ८३० जनाले गरे मतदान, आजै मतगणना हुने

राजविराज । सप्तरीको राजविराज स्थित रहेको महेन्द्र विन्देश्वरी बहुमखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सम्पन्न भएको छ ।
निर्वाचन समितिका अनुसार आइतबार भएको निर्वाचनमा ८३० जनाले मतदान गरेका छन् । क्याम्पसमा कुल १ हजार ९ सय १५ मतदाता रहेका थिए ।
निर्वाचन अधिकृत रामअशिष यादवका अनुसार मतगणना आजै केही बेर पछि सुरु हुने छ । कुनै समस्या नभए भोलि बिहानसम्म मत परिणाम सार्वजनिक गरिसक्ने तयारी रहेको उहाँले जानकारी गराउनु भयो ।
क्याम्पसमा चार वटा विद्यार्थी सङ्गठन चुनावी प्रतिस्पर्धामा छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page