समाचार समाज

तिलाठी कोइलाडीबाट मेडइन युएसए र चाइना लेखिएको पेस्तोलसहित दुई युवक पक्राउ

सप्तरी, ५ चैत । सप्तरीमा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको छिन्नमस्ता गाउँपालिका २ महुवा बस्ने २८ वर्षिय सोनु राय र राजविराज १ डुमरी बस्ने २८ वर्षिय रोशन यादव रहेका छन् ।
आइतबार दिउँसो सिमामा खटिएका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ स्थित नेपाल–भारत सीमा क्षेत्रबाट पेस्तोलसहित उनीहरुलाई पक्राउ गरेको हो ।
कम्मरमा इलासटिकले बाधी राखेको अवस्थामा मेड इन युएसए र अर्को पट्टी चाइना लेखिएको अटोमेटिक म्यागजिन सहितको एक थान पेस्तोल बरामद गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page