समाचार

सप्तरीको रुपनगरमा रवि लामिछानेको जितको खुशीयालीमा दिप प्रज्वलन

कञ्चनरुप, १३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रतिनिधिसभा सदस्यमा पुन निर्वाचित भएको खुशियालीमा रुपनगरमा बुधबार दिप प्रज्वलन गरिएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ स्थित रुपनगर चौकमा भेला भएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरुले चितवन २ मा लामिछाने भारी मतका साथ बिजयी भएपछी कार्यकर्ताहरुले खुशीयालिका साथ दिप प्रज्वलन गरेका हुन् ।
दिप प्रज्वलन कार्यक्रममा जिल्ला स्तरीय नेताकार्यकर्ताहरु, पत्रकारहरु, पार्टी समर्थक तथा शुभचिन्तकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिनिधिसभा उप निर्वाचनमा चितवन २ बाट लामिछाने ५४ हजार १७५ मत प्राप्त गरि निर्वाचित भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार ११४ मत ल्याएका छन्। रवि र जीतबीचको मतान्तर नै ४३ हजार ६१ रहेको छ।
तेस्रो नम्बरमा समेटिएका नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३४ मत ल्याएका छन्।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page