खगेन्द्र कार्की /
फत्तेपुर, १९ जेठ । टीकापुर घटनामा अदालतबाट दोषी ठहर भएका रेशम चौधरीले आममाफी पाएर जेलमुक्त भएपछि नेपाल पूर्व प्रहरी संगठन फत्तेपुरले सप्तकोसीमा बिरोध प्रदर्शन गरेको छ ।
तीन तहको अदालतबाट जन्मकैदको सजाय पाएको व्यक्तिलाई आफ्नो स्वार्थपूर्तिका लागि प्रचण्ड सरकारको सिफारिसमा रास्ट्रपतिद्धारा आममाफि दिइ रिहा गरिएको भन्दै पूर्व प्रहरीहरुले सप्तकोसी नगरपालिका भरि मुखमा कालो पट्टि बाधेर विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले हत्यारालाई सजाय गर, कानुनी राज्यको प्रत्याभूति दे, सानालाई एेन ठुलालाई चैन हुन दिदैनौ, कानुन सबैलाई बराबर गर, न्यायलयलाई पङु बनाउन पाइन्दैन, सुरक्षाकर्मिको मनोबल गिर्न दिदैनौ लगाय विभिन्न लेखेका प्लेकार्ड बोकेर नगरपरिक्रमा गरि फत्तेपुर चौकमा कोणसभा गरेका थिए।
गणतन्त्र दिवसको दिन कानुनी राज्यको धज्जी उडाइ कानुन बमोजिम कारबाही नहुने र अदालतबाट सजाय पाएकालाई समेत गणतन्त्र दिवसको नाममा आफ्नो सरकार टिकाउने स्वार्थको लागि रिहा गरेकोमा पूर्व प्रहरीहरुले आक्रोश ब्यक्त गर्दै देशैभर चरण बद्ध आन्दोलन गर्ने चेतावनी दिए ।
बिरोध प्रदर्शन कार्यक्रममा नागरिकता बिधेयक प्रमाणीकरणको समेत बिरोध जनाउँदै सप्तकोसी नगरपालिका निवर्तमान नगर प्रमुख उत्तमकुमार शर्मा, नेपाल पूर्व प्रहरी संगठन सप्तकोसी नगर अध्यक्ष कृष्णकुमार थापा, संगठनका पूर्व नगर अध्यक्ष राजेन्द्र सेन्चुरि लगायतले बोलेका थिए।
Add Comment