मंगलबार, १८ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर मंगलबार, १८ कात्तिक २०८३
समाचार

बालविवाह घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

राजविराज । १९ वर्षीया युवतीसँग बालविवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले सिरहाको लहान नगरपालिका–७ बिजुली कार्यालयका २५ वर्षीय दिपक मेहतर राउत र उनका बुबा ४६ वर्षीया दिलिपकुमार मेहतरविरुद्ध आईतबार बालविवाहको उजुरी दर्ता गरेको छ ।
राजविराज नगरपालिका–६ घर भई , सानैदेखि राजविराज नगरपालिका–५ स्थित मामा घर बसेर पढिरहेकी युवतीलाई ललाई फकाई प्रेमजालमा पारी आरोपितले असार ११ गते बालविवाह गरेका हुन् ।
पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा असार २१ गते आरोपितहरू विरुद्ध उजुरी दिएकी थिईन् । पहिलेदेखि नै विवाहित रहेका आरोपित सुँगुर व्यापारी रहेको र राजविराजस्थित नातेदार कहाँ आवतजावत गर्दा युवतीसँग भेटघाट हुने गरेको थियो ।
जिल्ला अदालतबाट असार २४ गते आरोपितहरू विरुद्ध पक्राउ पुर्जी जारी भएको र खोज तलास जारी रहेको एसपी नरेन्द्र कार्कीले बताए ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page