उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ४ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो त्रियुगा नगरपालिकाको सडक लाईन बत्तीमा कार्यरत ४० बर्षीय युबराज राईको करेन्ट लागेर मृत्यु भएको हो ।
बिजुलीको पोलमा चढी काम गर्ने क्रममा अचानक करेन्ट लागि गम्भीर घाईते भएका राईलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।
Add Comment