समाचार

सप्तकोशी नदीमा खसेको ट्रक एकदिनपछि निकालियो

कञ्चनरूप, ३० असार । सप्तकोशी नदीमा खसेको ट्रक एकदिनपछि निकालिएको छ ।
बससँग ठोक्किएर शुक्रबार कोशीमा खसेको मे १ ख ३००७ नम्बरको मालवाहक ट्रक क्रेनको सहयोगमा नदीबाट शनिबार निकालिएको हो ।
ट्रक निकाल्ने क्रममा केही बेर ब्यारेज पुलमा आवागमन रोकिएको थियो ।
सप्तरी र सुनसरीको सीमा छुट्याउने कोशी ब्यारेजको पुलको १० नम्बर ढोका अगाडि ट्रक सप्तकोशी नदीमा खसेको थियो ।
ट्रकमा सवार तीनजना लाई सकुशल उद्धार गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page