कञ्चनरुप, ८ साउन । सप्तरीको अग्निसाईर कृष्णसवरण गाउँपालिका २ चाँदनी चोक स्थित त्रिरत्न बौद्ध गुम्बाका विभिन्न संरचनाहरुको उदघाटन भएको छ ।
सो संरचनाहरुको उदघाटन मधेश प्रदेशका पूर्व कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्री एवं सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य राज कुमार लेखीले गर्नुभएको छ ।
प्रदेश सभा सदस्य लेखीले तामाङ समुदायको साहस र विकास प्रतिको लगनशीलताबाट प्रभावित भएर आफुले बजेट विनियोजन गरेको बताउनु भयो । लेखीले तामाङ समुदायले गरेको कामबाट प्रेरणालिँदै सबै जाति समुदायलाई सामाजिक रुपान्तरणको कार्यमा सक्रिय हुन आग्रह गर्नुभयो ।
प्रत्येक वडामा हल सहितको सामुदायिक भवनको आवश्यकता रहेको बताउँदै उहाँले २ वर्ष सम्ममा आफ्नो निर्वाचन क्षेत्रको २५ वटै वडामा सभाहल सहितको सामुदायिक भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रदेश सभा सदस्य लेखीको संसदीय क्षेत्र विकास कोषबाट रु. ८ लाखको लागतमा तीन वटा ढोका, माटो ग्राभेल, सौचालय निर्माणको साथै वाल प्लास्टर, रङको काम सम्पन्न गरिएको हो ।
पत्रकार बृजमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत त्रिरत्न गुम्बा विकास तथा व्यवस्थापन समितिका अध्यक्ष खडग बहादुर तामाङले गर्नुभयो । उपभोक्ता समितिका अध्यक्ष सन्जमान तामाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Add Comment