कञ्चनरुप, ११ श्रावण । सप्तरीमा पेट्रोल कालो बजारी गरेको आरोपमा प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको राजविराज नगरपालिका १ डुमरी बस्ने गुलाम मियाँ रहेको प्रहरीले जनाएको छ ।
मियाँले अबैध रुपमा आफ्नो किराना पसलमा खुल्ला रुपमा मिसावट गरेको पेट्रोल राखी बजार भन्दा बढी मुल्यमा बिक्रि वितरण गरि कालो बजारी गरेको आरोपमा सप्तरी प्रहरीले नियन्त्रणमा लिएको हो ।
बिहीबार सम्मानित सप्तरी जिल्ला अदालतवाट म्याद लिई थप अनुसन्धानको कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Add Comment