आइतबार, २३ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, २३ कात्तिक २०८३
समाचार

सुतिरहेका बेला मध्यराती हरिबहादुरको घरमाथि विजुलीको पोल ढलेपछि

फत्तेपुर । सप्तरीको सप्तकोशी नगरपालिका १, खोरियाटोलमा मंगलबार राती विजुलीको पोल ढल्दा सर्वसाधारणको घरमा क्षती पुगेको छ। राती करिव ९ वजे पोल ढल्दा हरिबहादुर खड्काको घरमा क्षती पुगेको हो ।
एक वर्षभन्दा अघि चट्याङ लागेर जिर्ण अवस्थामा रहेको पोल सामान्य हावा चल्दा ढलेको स्थानीयले बताए । हरिबहादुरका अनुसार पोलमा चट्याङ लागेर जिर्ण अवस्थामा पुगेको र जुनसुकै वेला ढल्न सक्ने विषयमा विद्युत कार्यालय र वडा कार्यालयमा समेत जानकारी गराईएको थियो । पटक–पटक पोल फेर्दिन आग्रह गर्दा समेत वेवास्ता गरिएको उनले गुनासो गरे।
विद्युत कार्यालयका कर्मचारी र वडा कार्यालयका जनप्रतिनिधिको वेवास्ताका कारण आफनो घरमाथि पोल ढलेको उनको गुनासो छ । घट्ना भवितव्य नभएर वेवास्ताका कारण भएकाले त्यसको क्षतीपूर्ती आफुले पाउनु पर्ने उनको माग छ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कञ्चनपुरका प्रमुख अरुण साहले पोल ढुवानीको काम सुरु भईसकेकाले आज साँझसम्ममा पोल गाडेर विद्युत सूचारु गरिने जानकारी दिए ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page