आइतबार, २३ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, २३ कात्तिक २०८३
समाचार

जिल्ला प्रशासन कार्यालयको नाममा रहेको अतिक्रमित जग्गा सात दिन भित्र खाली गर्न आग्रह

कञ्चनरुप, २१ श्रावण । जिल्ला प्रशासन कार्यालय सप्तरीको अतिक्रमित जग्गा सात दिन भित्र खाली गर्न आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, सप्तरीले आइतबार एक सुचना जारी गर्दै राजविराज नगरपालिका वडा नम्बर ७ स्थित अतिक्रमण गरिएको जग्गा ७ दिनभित्र खाली गर्न आग्रह गरेको हो ।
राजबिराज नगरपालिका वडा नम्बर ७ मा अवस्थित जिल्ला प्रशासन कार्यालयको नाममा रहेको जग्गामा अतिक्रमण गरी टहरा निर्माण गरी र हटिया समेत संचालनमा गरेको पाईएको हुँदा उक्त जग्गामा निर्माण भएका टहराहरु लगायत अन्य संरचनाहरु स्थानीय प्रशासन ऐन २०२८ बमोजिम ७ (सात) दिन भित्र हटाउन सूचनामा भनिएको छ ।
अतिक्रमण नहटाइए नियमानुसार कार्वाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी लेवन काश्यप अधिकारीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page