आइतबार, २३ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, २३ कात्तिक २०८३
समाचार

बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा दुई युवकलाई कैद तथा जरिवाना

राजविराज, २ असोज । सप्तरीमा १७ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा दुई जना युवकलाई कैद तथा जरिवाना भएको छ । बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा बोदे बर्साइन नगरपालिका–८ काचनका २१ वर्षीय छोटु र ईबरेन्द्र भनिने यिवरेन्द्रकुमार यादवलाई कैद तथा जरिवाना भएको हो ।
जिल्ला न्यायाधीश हरिश्चन्द्र ईङ्गनामको इजलाशले आरोपितलाई २० दिनको कैद फैसला भएको अदालतले जनाएको छ ।
यसका साथै आरोपितलाई ५ हजार रुपियँ जरिवाना गर्ने, ३० हजार रुपियँ पीडितलाई क्षतिपूर्ति भराउने र फौजादरी कसूर पीडित राहत कोषमा २ सय रुपियाँ जम्मा गर्न लगाउने फैसला भएको छ ।
आरोपितले २०७९ असोज २४ गते राति बाल यौन दुव्यर्वहार गरेको भन्दै पीडितका बुवाले ०७९ असोज २६ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिनुभएको थियो । इलाका प्रहरी कार्यालय कडरबोनाले असोज ३० गते गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरी बाल यौन दुव्र्यवहारमा उजुरी दर्ता गरेको थियो ।
पीडितको घरमा आरोपितले पछाडिबाट समाती यौन दुव्र्यवहार गर्दा पीडित जोरजोरले रुन कराउन थालेपछि आरोपित फरार भएको पीडितले बताउनु भयो ।
इलाका प्रहरी कार्यालय कडरबोनाले २०७९ असोज ३० गते आरोपितलाई गिरफ्तार गरी उजुरी दर्ता गरेको थियो ।
सप्तरी जिल्ला अदालतमा ०७९ कात्तिक २१ गते अभियोगपत्र दायर भएकोमा जिल्ला न्यायाधीश श्यामबिहारी मौर्यको इजलाशबाट कात्तिक २२ गते १ लाख रुपियाँ धरौटी माँग गर्ने आदेश भएको थियो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page