आइतबार, ९ कात्तिक २०८३
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, ९ कात्तिक २०८३
विज्ञापन · 320 × 100728 × 90यहाँ विज्ञापन दिनुहोस्सम्पर्क: ९८१४७२८१७१ · krnewsportal@gmail.com
मनोरन्जन

सप्तरी रुपनगरका नितान्त दाहाल भ्वाइस अफ नेपाल ‘सिजन ५ मा छनोट

कञ्चनरुप, २१ असोज । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ रुपनगरका नितान्त दाहाल गायनमा आधारित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ५ मा छनोट भएका छन् ।
उनले पहिलो राउन्डमा प्रमोद खरेलको “याद गर्नपनि” बोलको गीत गाएका थिए । दाहालले गीत गाईरहदा कोच उदय सोताङ र प्रमोद खरेलले उनको गायकी मन पराएका थिए ।
उनले उदय सोताङलाई रोजेका छन् ।

नेपाली संगीत आकाशको गायन बिधामा अन्तरास्ट्रिय फ्रेन्चाईज शो भित्रीएपछि नितान्त जस्तै देशभरबाट हजारौ द भ्वाइस अफ नेपालमा सहभागी भएका छन् । जस्लाई जर्जहरुको मूल्याकंनले भ्वाइसलाई उपयुक्तहरु यतिबेला दोस्रो राउन्डमा प्रवेश गरेका छन् ।
पाँचौं सिजनमा उदय सोताङ, राजेशपायल राई, प्रमोद खरेल र मिलन नेवार कोचको रुपमा छन् । यो सिजनबाट सोताङ र नेवार कोचको रुपमा भित्रिएका छन् ।
पाँचौं सिजन प्रत्येक शुक्रबार र शनिबार बेलुका ८ बजे हिमालय टिभी एचडीमा प्रसारण हुनेछ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—यहाँ विज्ञापन दिनुहोस्सम्पर्क: ९८१४७२८१७१

You cannot copy content of this page