सोमबार, २४ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर सोमबार, २४ कात्तिक २०८३
समाचार

सप्तरीमा सशस्त्र प्रहरीद्वारा ५ लाख ३१ हजार बराबरको कपडा बरामद

कञ्चनरुप, १५ माघ । पछिल्लो समय सप्तरीको विभिन्न सिमावर्ति नाकाहरुमा सीमा सुरक्षा तथा तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी सक्रियताका साथ लागिरहेको छ ।
यसै क्रममा पछिल्लो पटक सप्तरीबाट सशस्त्र प्रहरीले लाखौंको कपडा बरामद गरेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भारदहको कोशी ब्यारेजबाट सशस्त्र प्रहरीले आइतबार राती १० बजेको समयमा पूर्वबाट पश्चिम् तर्फ गइरहेको यात्रुबाहक बसबाट बिल बिजक नभएको ५ लाख ३१ हजार बराबरको अबैध कपडा बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश भारदहको कोशी ब्यारेजमा रहेको चेकप्वाईन्ट टोलीले नियमित चेकजाँच गर्ने क्रममा पूर्बबाट पश्चिम तर्फ गइरहेको यात्रुबाहक बसबाट बिल बिजक नभएको ५ लाख ३१ हजार २ सय बराबरको ६ सय ६४ थान लेडिज टप्स (कुर्थी) बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण हेडक्वाटर सप्तरीका सुचना अधिकृत सशस्त्र प्रहरी नायव उपरीक्षक मोहनराज विष्टले जानकारी दिनुभयो ।
उक्त बरामद गरिएका कपडा राजविराज भन्सा कार्यालय तिलाठीमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक विष्टले बताउनु भयो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page