आइतबार, ९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, ९ कात्तिक २०८३
खेलकुद

सप्तरीमा यही बैशाख २९ गतेदेखि राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने

कञ्चनरुप, २४ वैशाख । सप्तरीमा यही बैशाख २९ गतेदेखि राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । सप्तरी जिल्ला कबड्डी संघको आयोजनना तथा अखिल नेपाल कबड्डी संघको समन्वयमा प्रतियोगिता संचालन हुने भएको हो ।
बैशाख २९ देखि जेठ १ गते सम्म हुने प्रतियोगीतामा सातवटा प्रदेश र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित तीन विभागीय टोली गरी १० वटा टिम सहभागी हुने जनाएको छ ।
जिल्ला कबड्डी संघ सप्तरीका अध्यक्ष चन्द्रशेखर चौधरीका अनुसार प्रतियोगितामा खेलाडीको संख्या १२० र प्रशिक्षक, मेनेजरको संख्या २० जना र अफिसियलको संख्या २५ जना गरी जम्मा १६५ जना उक्त खेलमा सहभागी हुनेछन् । खेल लिग कम नकाउटको आधारमा खेलाईने छ। उदघाट्न खेल मधेस प्रदेश र कोशी प्रदेश बिच हुने अध्यक्ष चन्द्रशेखर चौधरीले बताउनुभयो ।

प्रतियोगिताको मुख्य प्रायोजक राजविराज नगरपालिका र सह प्रायोजक अग्नीसाईर कृष्णासवरण गाउँपालिका रहेको प्रतियोगितामा २६ लाख ६५ हजार ५ सय रुपियाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सप्तरी जिल्लाको विभिन पालिका संघ संस्था लगायतबाट आर्थिक सहयोग संकलन गरि प्रतियोगिता संचालन गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । । प्रतियोगिता अखिल नेपाल कबड्डी संघको नियमानुसार खेलाईने छ।
प्रतोगितामा प्रथम पुरस्कार एक लाख एक हजार, दोस्रो एकाउन्न हजार र तेस्रो पच्चीस पच्चीस हजार कप मेडल र प्रत्येक खेल मा म्यान अफ दि म्याच पच्चीस सय रहेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद एघार हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page