समाचार

विराटनगरबाट १ सय ४५ किलोग्राम बेबारीसे गाँजा बरामद

विराटनगर, १० साउन । विराटनगरबाट प्रहरीले ठुलो परिमाणको बेबारीसे गाँजा बरामद गरेको छ । 
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह पिट र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले १ सय ४५ किलोग्राम बेबारीसे गाँजा बरामद गरेको हो । 
बिहीबार बिहान विराटनगर महानगरपालिका-११ बुद्द विहार मार्गमा बेबारीसे अवस्थामा रहेको BR 11PC 5016 नम्बरको गडीलाई शंकालागी चेकजाँच गर्दा गाडी भित्र रहेको ५ वटा झोलामा १ सय ४५ किलोग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 
बरामद गाँजा र गाडीको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page