कोशी प्रदेश समाचार समाज

बिराटनगरमा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर ४२ वर्षीया महिलाको मृत्यु 

बिराटनगर, ४ भदौ । मोरङको बिराटनगरमा करेन्ट लागेर ४२ वर्षीया महिलाको मृत्यु भएको छ ।
बिराटनगर महानगरपालिका-१५ जतुवा स्थितमा करेन्ट लागेर स्थानीय ४२ वर्षीया सरिता देवी यादवको मृत्यु भएको हो । 
 हिजो (सोमबार) अपरान्ह आफ्नै घरको धारामा मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लाग्दा सरिता देवी सख्त घाइते भएकी थिइन् । घाईते भएकी उनलाई उपचारको लागि गोल्डेन अस्पताल पुर्याउन साथ मृत्यु भएको  कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । 
घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारवाही भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page