बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
कोशी प्रदेश

रंगेलीमा पर्खालले किचेर २ वर्षीया बालिकाको मृत्यु

विराटनगर, २२ कात्तिक । मोरङको रंगेलीमा पर्खालले किचेर नाबालिकाको मृत्यु भएको छ । रंगेली नगरपालिका-८ निचामारी स्थितमा पर्खालले किचेर कसरलाल ताजपुरियाको २ वर्षीया छोरी शोभा ताजपुरियाको मृत्यु भएको हो । 
बुधबार साँझ साढे ५ बजे आफ्नै घरमा ईटाले बनेको मन्दिरको पर्खाल अचानक झरेर किच्दा नाबालिका सख्त घाईते भएकी थिइन् । घाइते शोभालाई उपचारको लागि रंगेली अस्पताल मोरङ पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेको गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 
घटना सम्बन्धमा थप कानूनी कारबाही भईरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page