राजनीति

नेपाली काँग्रेसका नेता शेखर कोइरालाद्वारा विपि कोइरालाको पूर्ण कदको शालिक अनावरण

कञ्चनरूप, १७ मंसिर । सप्तरीको कञ्चनरूप नगरपालिकाको आयोजनामा वडा नम्बर ७ नयाँ रोड बिपि चोकमा महामानव बिशेश्वर प्रसाद कोइरालाको पूर्ण कदको शालिक अनावरण भएको छ ।
सोमबार नेपाली काग्रेसका बरिस्ठ नेता डाक्टर शेखर कोइरालाले शालिकको अनावरण गरेका हुन ।
अनावरण कार्यक्रममा बोल्दै कोइरालाले अहिले शिक्षा क्षेत्रको अवस्था ज्यादै नाजुक भएकाले उपलब्धिमुलक गुणस्तरीय शिक्षा प्रदान गरि मानिसलाई शिक्षित बनाउन आवश्यक रहेको बताए ।
स्वास्थ क्षेत्रको अवस्था पनि सोछे अनुसारको सुविधा सम्पन्न नभएकाले जनताले प्रत्यक्ष लाभ पाउने गरि स्वास्थ क्षेत्रको बिकास हुन जरुरी रहेको बताउदै कन्चनरुप नगरपालिका भित्र रहेको अस्पताललाई सुविधा सम्पन्न बनाउन आफुले पहल गर्ने बताए ।
महिलाहरु उधमशिल नभएसम्म समाजको बिकास नहुने भएकाले यश ठाउमा एउटा महिला उधमशिलको उधोग संचालन हुन आवश्यक रहेको बताउदै दुई तीन बिघा जमिन पालिकाले उपलब्ध गराएमा उधोग खोल्न आफुले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
अहिले देश आर्थिक जरजरता र अराजकता तिर जान थालेकोले साथै आर्थिक मन्दिलाइ अन्त्य गर्न दुई ठुलो दल नेपाली काङ्ग्रेस र एमाले मिलेर सरकार संचालन गर्नु परेको बताए ।
नगरपालिकाले बिपि कोइरालाको शालिक अनावरण गरेर इतिहासलाई सम्झने काम गरेकोमा धन्यवाद समेत दिए ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालमा प्रजातन्त्र र लोकतन्त्रको विगुल फुक्ने आदर्शबादी नेताको शालिक अनावरण हुनु सुखद पक्ष रहेको बताए ।
स्थानीय निकायलाई सचेत हुन अनुरोध गर्दै कृषि अनुदान सहि किसानकोमा नपुगी बिचौलियाकोमा पुग्ने गरेकोले सहि किसानले कृषि अनुदान पाउनु पर्ने बताए ।
पालिकाहरुले खेलकुदको बिकासका लागि खेलाडीहरुमा लगानी गर्नु पर्नेमा जोड दिए ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेलले सबैले इतिहासलाई बुझ्न जरुरी देशमा आमूल परिवर्तन ल्याउन बिपि कोइराला , पुस्पलाल श्रेष्ठ , गणेशमान सिंह , मनमोहन अधिकारी , कृष्णप्रसाद भट्टराई र मदन भण्डारीको ठुलो योगदान रहेको बताए ।
उहाँहरुकै योगदानले गर्दा समाजमा बिकास निर्माणले तिब्रता लिएको बताए ।
जनताको जल्दो बल्दो समस्यालाई आत्मसाथ गरि जनताले महसुस गर्ने गरि काम गर्नु पर्ने बताए ।
महान ब्याक्तित्वको शालिक अनावरण गरेर नगरपालिकाले राम्रो कामको शुरूवात गरेको भन्दै धन्यवाद समेत दिए ।
नेपाली काङ्ग्रेसका मोरङ सभापति एवं पुर्व मन्त्री डिक बहादुर लिम्बू , पुर्व मन्त्री सत्यनारायण मंडल ,मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री कौसल किशोर राय ,प्रतिनिधि सभा सदस्य दिनेश कुमार यादव ,जसपाका नेता एवं पुर्व माननीय डाक्टर सुर्यनारायण यादव , नेपाली काङ्ग्रेसका सप्तरी सभापति रामदेव साह लगायतका बक्ताहरुले बिपिको योगदानको बारेमा चर्चा गरेका थिए ।
स्वागत मन्तब्य उप प्रमुख मुना कुमारी पोखरेल ले गरेकी थिइन भने नगर प्रमुख ललन प्रसाद गुप्ताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

You cannot copy content of this page